काठमाण्डौ,कात्तिक २४ । सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
हिजो सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज स्थिर छ । दुई दिनयता चाँदी तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार
