२०७८ कार्तिक १ गते सोमवार

सुन-चाँदीको मूल्य बढ्यो

काठमाडौं, असोज २१ । नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ। बिहीबार सुन तोलामा ५ सयले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

बुधबार सुन तोलाको ८९ हजार ९ सय कायम गरिएको थियो ।

तेजावी सुन तोलाको ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *