२०७८ असोज ८ गते शुक्रवार

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ,साउन १२ ।आज सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तीन सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ ।

हिजो चाँदी तोलाको १२ सय ७० रुपैयाँमा बिक्री भएकोमा आज पनि त्यही मूल्यमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *