काठमाडौं, साउन ८ । नेपालको स्थानीय बजारमा आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार तेजावी सुनको मूल्य पनि आज ९१ हजार ३०० रुपैयाँबाट बढेर ९१ हजार ६०० रुपैयाँमा पुगेको छ।
यस्तै बिहीबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएकोमा आज १० रुपैयाँले बढेर एक हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार
