काठमाडौं,असार २९ । नेपाली बजारमा सुनको मूल्य २ सयले बढेको छ।
मंगलबार सुन तोलामा २ सयले बढेर ९२ हजार ४ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
तेजावी सुनको मूल्य ९१ हजार ९०० रुपैयाँ कायम गरिएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमबार चाँदी तोलाको एक हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार