काठमाडौँ असार २९ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।
यस दिन तेजाबी सुन समेत गत सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य पनि सोमबारको मूल्यमा प्रतितोला १० रुपैयाँले बढेर आज एक हजार ३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार