काठमाण्डौ,७ असार । सुनको भाउ आज बढेको छ ।
सुनको भाउ आज तोलाको चार सय रुपैयाँले बढेर ९० हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको ९० हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा पुगेको छ ।
प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार