२०८२ असार ७ गते आइतवार

तुलसीपुरमा सम्पुर्ण होम डेकोर सञ्चालनमा


तुलसीपुर,बैशाख १२ । दाङको तुलसीपुरमा सम्पुर्ण होम डेकोर सञ्चालनमा आएको छ । होम डेकोरको आइतवार एक कार्यक्रमका बिच तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले रिवन काटेर उद्धघाटन गरेका छन ।

घर सजावटका सबै आवश्यक सामाग्रीहरु एकै छाना मुनि उपलब्ध गराउने गरी तुलसीपुरको विपी चोकमा होम डेकोर सञ्चालनमा ल्याएको सञ्चालन बिमल गौतमले जानकारी दिए । झण्डै आधा करोडको लगानीमा होम डेकोर व्यवसाय सुरु गरेको सञ्चालक लिना गौतमको भनाई छ ।

उद्धघाटन कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष ललितजगं शाह,महासचिव बिनिल केसी,इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंह,नेपाल पत्रकार महासघं दाङका कोषाध्यष शरद रेग्मी,गोरक्ष दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *