२०८१ बैशाख ७ गते शुक्रवार

सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो

काठमाण्डौ,चैत २४ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने यथावत रहेको छ ।

हिजो तोलामा ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *