२०७८ बैशाख १ गते बुधवार

तुलसीपुर मोवाइल तथा इलेक्ट्रोनिक्स समितीको अध्यक्षमा भण्डारी


दाङ, चैत्र १९ । तुलसीपुर मोवाइल तथा इलेक्ट्रोनिक्स समितीको अध्यक्षमा सुरज भण्डारी चयन भएका छन् ।

सोमवार समितीको दोस्रो अधिवेशनबाट भण्डारी अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिती सर्बमतले चयन भएको हो ।

जसको का.उपाध्यक्षमा थुमन विश्वकर्मा(सीतल), प्रथम उपाध्यक्षमा चुडामणी कडेल(दोस्ती), द्धितिय उपाध्यक्षमा शैलेन्द्र वली, तृतिय उपाध्यक्षमा धन बहादुर बस्नेत रहेका छन् । त्यस्तै, कोषाध्यक्षमा रामु बस्नेत, सह–कोषाध्यक्षमा डम्बर विक, महासचिवमा रेशम खड्का, सह–सचिवमा ज्योति प्रसाद दाहाल रहेका छन् ।

सदस्यहरुमा नविन वली, लिलामणी पुन, तिलक बस्नेत, नबराज वली, पंकज कौसोधन रहेको समितीले जनाएको छ । त्यस्तै, समितीको बरिष्ठ सल्लाहकारमा विमल कुमार पौड्ेल, सल्लाहकारमा गिरी प्रसाद भुषाल, कमल बस्नेत रहेका छन् ।

 

प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *