घोराही,चैत १४ । कपिलवस्तु होटल तथा रेष्टुरेन्ट व्यवसायी संघलाई शनिवार दाङमा स्वागत तथा सम्मान गरीएको छ । दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगिको अगुवाईमा कपिल वस्तुका अध्यक्ष गोपालबहादुर खत्री नेतृत्वको भ्रमण टोलिलाई स्वागत गरेको हो ।
मेची महाकाली पर्यटन प्रवद्र्धन अभियान २०७७ मा गत चैत तिन गते निश्केको टोलि घोराही पुगेको हो । कपिल वस्तुका पर्यटकिय स्थलको प्रचार गर्न र सम्वन्ध गाँस्न आएको स्वागत कार्यक्रमका प्रमुख अतिथि खत्रीले बताए । रेडियो प्रशारण संघका कपिल वस्तु अध्यक्ष चन्द्रकान्त न्यौपाने लगाएतले भ्रमणको बारेमा जानकारी गराएका थिए ।
दाङ देउखुरी होटल व्यवसायी समितिका पुर्व अध्यक्ष मुक्ति खरेलले स्वागत गर्नुभएको कार्यक्रममा दाङको अवस्था बारे होटल व्यवसायी समितिका सल्लाहकार एवं दाङ चेम्वर अफ कमर्शका उपाध्यक्ष घनश्याम अधिकारीले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण सदस्य रामलोटन चौधरीले गरेका हुन् ।