२०७८ बैशाख ३१ गते शुक्रवार

ज्योति लाइफको आईपीओ कति जनालाइ पर्यो ?, यसरी हेर्नुहोस

काठमाडौ, चैत्र १३। ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले आज (चैत्र १३ गते, शुक्रबार) साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ । फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) बाँडफाँड भएको हो ।

आईपीओ बाँडफाँड ज्योति लाइफ इन्स्योरेन्सको भवन, ज्ञानेश्वरमा, दिउँसो १२ :३० बजे भएको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले उक्त आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड भएको छ । गाेलाप्रथाद्वारा गरिने बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारे भने बाँकी १२ लाख १० हजार भन्दा धेरै आवेदक सेयर पाउनबाट वञ्चित भएका छन् ।

कम्पनीकाे आईपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

कसरी हेर्ने नतिजा ?
कम्पनीकाे आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे www.iporesult.cdsc.com.np नामक वेभसाइट बाट सजिलै हेर्न सकिनेछ ।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *