२०८१ बैशाख ८ गते शनिवार

होटल तथा खाद्यन्न पसलहरु अनुगमन

तुलसीपुर,चैत ५ ।तुलसीपुरमा होटल तथा खाद्यन्न पसलहरु अनुगमन गरिएको छ । बिहीवार तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा बजारका होटल तथा खाद्यन्न पसलहरुमा अनुगमन गरिएको हो ।

त्यसक्रममा एउटा खाद्य पसलबाट म्याद नाघेको १६ वटा कृष्ण भुजा, स्वाबिन १० वटा, १४ वटा सुजी पिठोका प्याकेट जफत गरिएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले जानकारी दिइन् । त्यस्तै अन्य केही पसलबाट कष्मेटिक सामाग्रीहरु, पाउडर,स्याम्फु,क्रिम लगाएतका सामाग्री बरामद गरिएको पनि शर्माले बताइन् ।

तर, ती म्याद नाघेका सामाग्री कति मात्रामा कुन–कुन पसलबाट बरामद भएका हुन भन्ने बारे केही खुलाइएको छैन । जफत गरिएका सामाग्रीहरु नष्ट गरिने शर्माले जानकारी दिइन् । तुलसीपुर बजारका १२ वटा होटल तथा खाद्यन्न पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा अधिकांश होटलहरुका भान्सा फोहोर भएको पाइएको छ ।

‘प्रायःहोटलका बाहिर सफा हुन्छन तर भित्र भान्सा हेर्दा राम्रा भनिएका,चल्ने होटलहरुका भान्साहरु फोहोर भेटिए,’ शर्माले भनिन्, ‘हामीले एकपटकलाई सफा राख्न सल्लाह दिएका छौँ र फेरि त्यस्तै भेटिए कार्वाही पगर्छौं ।’

अनुगमनका क्रममा दर्ता नगरेका केही पसल तथा होटल सञ्चालकहरुलाई ३ दिन भित्र प्रक्रियामा आउन सुझाव दिएको उनको जानकारी दिइन ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *