२०७८ बैशाख ४ गते शनिवार

बढ्यो सुनको मुल्य

काठमाडौं चैत्र ५ । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मुल्य तोलाको ८७ हजार २०० कायम गरेको छ । हिजो (बुधबार) तोलाको ८६ हजार ९०० मा स्थिर रहेको थियो ।

यस्तै तेजावी सुनको मूल्य पनि बढेर ८६ हजार ७५० कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य बिहीबार पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ९० पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *