२०८२ साउन १ गते बिहिवार

आज सुनको मुल्य ८६ हजार ५ सय रुपैयाँ

काठमाडौं, फागुन २०। आज सुनको मुल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । मूल्य तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा पुगेको भाउ आज फेरि घटेको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *