घोराही, माघ १० । दाङको घोराहीको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना बिशेष ऋण दिने भएको छ । कोरोना भाइरसका कारण प्रभावित भएको ब्यापार ब्यावसायलाई प्रवद्र्धन गर्न तथा नयाँ ब्यावसाय शुरु गर्न खोजिरहेका शेयर सदस्यका लागि लक्षित गरेर कोरोना बिशेष ऋण योजना ल्याएको संस्थाका पदाधिकारीले जनाएका छन् ।
संस्थाको शनिवार घोराहीमा भएको बैठकले ऋण सस्तो र सहुलियत ढंगबाट कार्यान्वयनमा ल्याउने निर्णय गरेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए । नयाँ निर्णय अनुसार एक अङ्कको ब्याजदरमा ऋण लगानी गर्ने सहकारी दाङमै पहिलो आफू रहेको दावी संस्थाले गरेको छ ।
संस्थाले अव १० लाखसम्म ९ दशमलव ९ प्रतिशत र १५ लाखसम्मको ऋणमा ११ दशमलव ९ प्रतिशतमा लगानी गरिने संस्थाका ब्यावस्थापक प्रकाश अधिकारीले बताए । धनजमानी ऋणमा बिना किस्ता १० प्रतिशतमा ऋण लगानी गर्ने संस्थाले जनाएको छ ।