२०७७ फाल्गुन २३ गते आइतवार

तुलसीपुरमा इलेक्ट्रिक स्कुटीको शोरुम संचालनमा

दाङ, ६ । तुलसीपुरमा इलेक्ट्रिक स्कुटीको शोरुम संचालनमा आएको छ । जिनपिन चाइनिज कम्पनिको स्कुटी पीएम इन्टरप्राइजेजले तुलसीपुरमा आधाकारिक बिक्रेताको रुपमा इलेक्ट्रिक स्कुटीको शोरुम संचालनमा ल्याएको छ । शोरुममा इलेक्ट्रिक स्कुटीका साथै इलेक्ट्रिक रिक्सा पनि उपलब्ध रहेको छ ।

इलेक्ट्रिक स्कुटीको मूल्य एक लाख ६० हजार रहेको पीएम इन्टरप्राइजेजका संचालक पुष्प जीएमले बताए । स्कुटीमा एक पटक चार्ज गरेपछि ७० किलोमिटरको दुरी चल्ने समेत जीएमले बताए । पचास लाखको लगानीमा जीएमले शोरुम संचालनमा ल्याएका हुन् ।

साथै स्कुटी किन्दा ग्राहकको लागि पचास प्रतिशतको फाइनान्सको सुबिधा रहेको उनले बताए । इलेक्ट्रिक स्कुटीको ब्याट्रीमा एक वर्षको वारेन्टी रहेको जीएमले बताए ।शोरुम तुलसीपुरको घोराही रोडमा संचालन आएको छ ।

 

 

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *