२०७८ बैशाख ३० गते बिहिवार

हापुरेमा पोलिक्लिनिकको उद्घाटन


प्रेमबहादुर राम्जा,
हापुरे, भदौ ६ । दाङको हापुरेमा शनिबारदेखि माता मनकामना पोलिक्लिनिक प्रालिले सेवा सञ्चालन गरेको छ । पोलिक्लिनिकको बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । अध्यक्ष पौडेलले मुनाफा भन्दापनि सेवामा ध्यानदिन सुझाएका छन् । उनले पोलिक्लिनिकसंग सहकार्य गर्न पालिका तयार रहेको बताए ।

प्रदेश सरकारका तर्फबाट हापुरेमा स्तरिय स्वास्थ्य सस्था सञ्चालनको तयारी रहेको बताएका उनले हंसपुर क्षेत्रमापनि संघीय सरकारका तर्फबाट १५ सैयाको अस्पताल सञ्चालनको प्रक्रियामा रहेको जानकारी दिए ।कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोखरेलले हापुरे क्षेत्रलाई सबैले भौगोलिक रुपमा ठगीएको स्थानका रुपमा चित्रण गर्दै आएको भएपनि अब बिकासका रुपमा यसक्षेत्रलाई राज्यका हरेक क्षेत्रले समान रुपमा हेर्न अवश्यक रहेको बताए ।

कार्यक्रमलाई नेकपाका प्रदेश सदस्य भिमबहादुर ओली, नेपाली काँग्रेसका इकाई सभापति बलबहादुर बुढा क्षेत्री, हापुरे उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आइतबारे लगाएतले सम्वोधन गरेका थिए ।पोलिक्लिनिकका सञ्चालक किशोर गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण भिम मरासिनीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *