२०८३ बैशाख ८ गते मङ्गलवार

आइतवार सुन तोलामा ९ सय रुपैयाँ घट्यो

काठमाडौँ,साउन २५ ।लगातार बढेको सुनको भाउ आज भने तोलामा ९ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज आइतवार तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्टिय बजारमा आज १८ डलरले भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।
अस्ति शुक्रबार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

यस्तै आज सुनको भाउ घटे पनि चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *