२०७८ बैशाख २५ गते शनिवार

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ,साउन ४ । हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ ।

सुन आज तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको बिहीबार अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अस्ति शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको थियो ।

शुक्रबारको भाउमा आज फेरि तीनसय रुपैयाँ बढेको महासंघले जनाएको छ । यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको एक हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : २०७७ साउन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *