२०८१ माघ १२ गते शनिवार

लकडाउनको अवधिमा तुलसीपुरबाट ६५ जनाले राहदानी लिए

यमकला भुसाल,
तुलसीपुर,साउन ३ ।लकडाउनका कारण यो वर्ष दाङमा राहदानी लिनेको संख्या हात्तै घटेको छ । लकडाउन सुरु भएदेखि असारमसान्त सम्म ६५ जनाले मात्र राहदानी लिएका छन् । इलाका प्रसाशन कार्यालय तुलसीपुरका सुचना अधिकारी यादव भुसालका अनुसार बितेको आर्थिक वर्ष २०७६÷०७७ को साउनदेखि असार महिनासम्ममा ३ हजार ५ सय ९० जनाले राहदानी लिएका छन ।

यो वर्ष कार्यालयबाट २ हजार ६ सय ९० जनाले राहदानी लिएका छन । जसमध्ये ७ सय ७८ जना महिला छन भने १ हजार ९ सय १२ जना पुरुष रहेका छन ।त्यस्तै काठमाडौंका लागि लिने द्रुत सेवाका लागि ९ सय जनाले राहदानी लिएको सुचना अधिकारी भुसालले बताए । यी मध्ये ३ सय ४९ जना महिला छन भने ५ सय ५१ जना पुरुष रहेका छन ।

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा ४ हजार ८ सय ३५ जनाले राहदानी लिएका थिए । यो वर्ष त्यो घटेर ३ हजार ५ सय ९० जनाले राहदानी लिएको भुसालले बताए ।

वितेको वर्ष २०७६÷०७७ को साउनदेखि फागुन महिना सम्ममा ३ हजार ५ सय २५ जनाले राहदानी लिएका थिए ।
कार्यालयको तथ्याङक हेर्दा राहदानी लिनेको सङ्या वर्षेनी घट्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७४÷०७५मा ५ हजार ७७ जनाले राहदानी लिएका थिए भने २०७३÷०७४ मा ४ हजार ९ सय ५४ जनाले राहदानी लिएका छन् ।

झन्डै डेढ करोड राजश्व संकलन
राहादानी बनाउनेका संख्या घटेसंगै यो वर्ष राजश्व संकलनमा पनि कमी आएको छ । वितेको आर्थिक वर्ष २०७६÷०७७ मा १ करोड ४८ लाख ४९ हजार ७ सय राजश्व सकंलन भएको थियो । जसमा राहदानीबाट १ करोड ४६ लाख ६० हजार,मादकपदार्थ सेवनबाट १ लाख ३४ हजार, हातहतियार नविकरणबाट १३ हजार ७ सय र प्रसासनिक दस्तुर अर्थात (टेण्डर विक्रि) बाट ४२ हजार गरि १ करोड ४८ लाख ४९ हजार ७ सय राजश्व सकंलन भएको थियो ।

उक्त रकम गत वर्षको तुलनामा कम हो । गत वर्ष कार्यालयमा १ करोड ८४ लाख ६० हजार ८ सय रुपैया राजश्व संकलन भएको थियो । अहिले त्यो घटेर १ करोड ४८ लाख ४९ हजार ७ सयमा झरेको छ । सुचना अधिकारी भुसालका अनुसार कोभिड –१९ कै कारण राजश्व संकलनमा पनि कमि आएको हो ।

प्रकाशित मिति : २०७७ साउन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *