तुलसीपुर, साउन २ । शनिवारदेखि तुलसीपुरमा दुध तथा दुग्धजन्य उत्पादनको मुल्य बढ्ने भएको छ । तुलसीपुरका डेरी व्यवसायीहरुको शुक्रवार बसेको बैठकले शनिवारदेखि लागु हुनेगरी दूध तथा दूग्धजन्य उत्पादनको मुल्य बढाउने निर्णय गरेको हो । गणेश डेरीका उद्योगका प्राप्राईटर बिनिल केसीको अध्यक्षमा बसेको बैठकले प्रतिलिटिर दूूधको खुद्रा मूल्य ८० रुपैंया र दहीको ९० रुपैंया बनाउने निर्णय गरेको हो ।
उक्त बैठकले एक किलो घ्यूको खुद्रा मुल्य एक हजार दूईसय रुपैंया र एक किलोग्राम पनिरको मुल्य सात सय रुपंैया निर्धारण गरेको केसीले जानकारी दिए ।दाङको घोराही क्षेत्रमा गत बर्षदेखि नै दूध प्रति लिटर ८० रुपैंया र दही प्रति लिटर ९० रुपैंयामा विक्रि वितरण हुँदै आएको छ ।
साकार सौरभ डेरी उद्योगका सञ्चालक साकार खड्काका अनुसार बैठकले किसानबाट डेरी उद्योगले खरिद गर्ने दूधको मूल्य समेत निर्धारण गरेको छ । जसमा प्रति फ्याट ६ रुपैयाँ र प्रति एसएनएफ तीन रुपैंया १९ पैंसामा थप अधिकतम कमिसन १४ रुपंैया जोडेर दूधको खरिद मूल्य निर्धारण गर्ने निर्णय भएको छ । जाडो महिना मंसिर, पुश र माघमा भने थप कमिसन १४ रुपैंया दिन डेरी व्यवसायी बाध्य नहुने निर्णय पनि गरिएको खड्काले बताए ।
व्यवसायीक पशुपालक किसान शसीराम बुढाथोकीका अनुसार दूध तथा दूग्ध जन्यपदार्थको मुल्य बढाउने विषयमा गत असार ३० गते तुलसीपुर उपमहानगरपालिका पशुविकास शाखाको संयोजनमा डेरी व्यवसायी, दूग्ध उत्पादक किसान र अन्य सरोकारवाला पक्षको बीचमा भएको थियो । तुलसीपुर क्षेत्रका पशुपालक किसानले महंगी अनुसार दूध उत्पादनको लागत मुल्य नउठेको भन्दै दूधको. मूल्य बढाउनु पर्ने माग गर्दै आएका थिए ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीका अनुसार त्यसैको आधारमा शुक्रवार भएको छलफलले नेपाल सरकारले तोके बमोजिमको दर रेटमा कम नहुने गरी दूधको मुल्य समायोजन गर्ने भन्ने निणर्य अनुसार तुलसीपुर क्षेत्रमा दूध तथा दूग्धजन्य पदार्थको खरिद तथा विक्रि मुल्य समायोजन गरेको हो ।