काठमाण्डौ,असार ३० । सुनको भाउ आज तोलामा सय रुपैयाँ घटेको छ ।सुनको भाउ आज तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ९२ हजार ३ सय रुपैयाँ पुगेको थियो । सुनको भाउ घटे पनि चाँदीको भाउ बढेको छ ।
चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार