२०८१ माघ ३ गते बिहिवार

सङ्गठित रुपमा काम गर्दै तुलसीपुरका बिमाकर्मीहरु


तुलसीपुर, असार १९ । इन्सोरेन्स क्लवको दाङको बैठक शुक्रवार तुलसीपुरमा बस्यो ।सगरमाथा इन्सोरेन्सका प्रमुख बेद प्रकाश अधिकरीको अध्यक्षतामा बसेको बैठकमा तुलसीपुर क्षेत्रका ११ वटा इन्सोरेन्स प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । बैठकले उधारो विमा वन्द गर्ने र कसैले त्यस्तो गरेको पाइएमा जरिवाना गर्ने निर्णय गरेको छ ।

कुनैपनि विमा कम्पनिले उधारो विमा गरेको पाइएमा दूई हजार पाँच सय जरिवाना गर्ने निर्णय भएको नेपाल इन्सोरेन्सका कर्मचारी कैलाश चन्दले जानकारी दिए । त्यस्तै बैठकले तुलसीपुुर क्षेत्रका सबै विमा कम्पनिहरुमा एकरुपता कायम गर्ने निर्णय पनि गरेको छ । अबदेखि तुलसीपुरका सबै विमा कम्पनीहरुले गर्ने विमाको समान रकम कायम गर्ने निर्णय भएको चन्दले बताए । तुलसीपुर क्षेत्रमा पहिलो पटक यस्तो नियम लागु गर्न खोजिएको हो ।

बैठकमा नेपाल इन्सोरेन्स कम्पनिका प्रमुख बिवेक चन्द, आइएमी जनरलका प्रमुख सुधिर पोख्रेल, अजोडका प्रमुख राघब देवकोटा, शिधार्थका प्रमुख सुनिल भण्डारी, यूनाईटेड इन्सोरेन्सका प्रमुख पुष्कर भुसाल लगाएतका थिए ।

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *