२०८१ फाल्गुन २ गते शुक्रवार

आजदेखि दाङमा प्रतिलिटर पेट्रोलको मूल्य १ सय रुपैंया ५० पैंशा पर्ने


दाङ,असार १७ । नेपाल आयल निगमले बुधवारदेखि इन्धनको मूल्यमा बृद्धि गरेको छ । भारतबाट आउने मूल्यसूची बढेर आएको हुँदा त्यही अनुसार समायोजन गर्नु पर्दा नेपालमा पनि मूल्य पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउनु परेको निगमले बताएको छ ।पछिल्लो समायोजन अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैंया, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर २÷२ रुपैंयाले बढेको छ।खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

पछिल्लो समायोजन अनुसार नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, चारआली, बिराटनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी डिपोबाट १५ किलोमिटरको दूरीभित्र पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ९९ रुपैंया ५० पैंसा, डिजेल र मट्टितेलको ८५ रुपैंया ५० पैंसा पर्ने भएको छ ।त्यस्तै दाङ डिपोबाट १५ किलोमिटर दूरीभित्र पेट्रोलको मूल्य प्रतिलिटर १ सय रुपैंया ५० पैसा, डिजेल र मट्टितेलको प्रतिलिटर ८६ रुपैंया ५० पैसा पर्ने भएको छ।

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *