२०८१ चैत्र ९ गते शनिवार

दाना खान नपाउँदा कुखुराले कुखुरा नै खान थाले – कृषक पोखरेल


दाङ, चैत २३ । लगातार १३ दिनदेखिको लकडाउनका कारण दाना नपाउँदा पालेका कुखुराले आफ्नै साथीहरुलाई टोकेर खाने थालेको कृषकले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ जहदा गाउँमा ब्रोईरल पाल्दै आएका राजेन्द्र पोखरेलले दानाको अभावमा भोका कुखुराले आफ्नै साथीहरुलाई टोकेर रगताम्मे बनाउन थालेको जानकारी दिए ।

‘दाना नपाएपछि भोकले कुखुराले कुखुरा नै टाकेर खान थाल्यो,’ पोखरेलले भने ‘दानाको अभावमा कुखुरा अब मर्ने तरखरमा पुगेका छन् ।’

गत चैत १७ गते तुलसीपुर उपमहानगरपालिकामा सप्लार्य र किसानका बीचमा चल्ला र दाना उपलब्ध गराउने सहमति भएको थियो । सप्लायर्सले त्यो सहमति कार्यान्व नगरेको हुँदा समस्या उत्पन्न भएको पोखरेलले जानकरी दिए ।

सप्लार्यहरुले आफुहरुसंग पैंशा नभएको तथा पैंशा नदिदासम्म कम्पनीले दान दिन छोडेको भन्दै सहमति विपरित किसानलाई दाना उपलब्ध गराउन छोडेका छन् । किसान सरोकार मञ्च दाङका पूर्व अध्यक्ष विष्णुप्रशाद न्यौपानेले सप्लायर्सको बदमासीले गर्दा कुखुरा पालक किसान समस्यामा परेको तर्क गरे ।

किसान र सप्लार्यका बीचमा बच्चा,दाना उधारोमा दिने र मार्केटिङपनि गरिदिने सहति भएपनि अप्ठेरोमा सप्लायर्सले बदमासी गर्न नहुने उनले बताए।

ब्रोइलर कुखुरा ४५ दिन भन्दा बढी समय पालेमा त्यसवाट झनै घाटा लाग्ने हुँदा कतिपय किसानले तयारी अवस्थाका कुखुरा दोब्बर कम मुल्यमा समेत विक्रि गर्न थालेको उनले जानकारी दिए ।

न्यौंपानेले भने – ‘कि अब सरकारले कतै लगेर गाड्नु प¥यो हैन भने हामीले किसानले सहमति अनुसार दाना पाउनु पर्छ ।’ विपदको समयमा किसानलाई कसैले साथ नदिए किसानलाई ठूलो मर्का पर्ने उनले चिन्ता जाहेर गरे ।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *