तुलसीपुर, चैत १७ । कुखुरा पालक किसानलाई सप्लायर्सले सहजरुपमा दाना उपलब्ध गराउने भएका छन् । कारोनोका सन्त्रास पैmलिएपछि यसअघि सप्लायर्सहरुले सहमति विपरित दाना रोकेका थिए । त्यसको विरोध हुँदै आएको थियो । कुखुरा पालक किसानको विरोध र दबाव पछि दाना सप्लायर्सले उधारोमा दाना दिने सहमति जनाएका हुन ।
उक्त विषयमा स्थानीय प्रशासनको रोहवरमा सरोकारवालाहरु बीच सोमवार बैठकले बसेको थियो । त्यो बैठकमा कुखुराको मासुको बजार व्यवस्थापन गर्ने तथा किसान र सप्लायर्स बीचको पूर्वसहमति नै कार्यान्वयन गर्ने कुरा सहमति भएको हो । तुलसपुर उपमहानगरपालिको समन्वयमा कुखुरपालक किसान र सप्लायर्स बीच छलफल भएको हो ।
सहमति अनुसार कुखुराको दाना सहजरुपमा उपलब्ध गराउने, मासुजन्य सवारी साधनको आवागमनमा सहजता बनाउने, तुलसीपुरको मासुमण्डी दैनिक चार घण्टा खुल्ने भएको छ । समय बिहान ६ देखि ८ र बेलुका ४ देखि ६ बजेसम्म निर्धारण गरिएको छ ।