चैत ३ । पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटेको छ। नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य घटाएको हो ।
अब पेट्रोलको खुद्रा मूल्य एक सय ६ रुपैयाँ प्रतिलिटर र डिजल तथा मट्टीतेलको भाउ ९५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिक हवाइ इन्धनको मूल्य पनि साढे ४ रुपैयाँ घटाएर ९० रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ।
प्रकाशित मिति : २०७६ चैत्र ३ गते सोमवार