२०८१ कार्तिक २३ गते शुक्रवार

युवा स्वदेशमै बसेर मेहनत गरे अर्थतन्त्र बलियो हुन्छ – अध्यक्ष रावत


यमकला भुसाल,
तुलसीपुर,फागुन २८ ।तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतले युवाले मेहनत गरे मात्रै देशको अर्थतन्त्र बलियो बन्ने बताएका छन् । बुधवार तुलसीपुरमा ‘द पार्क क्याफे’को शाखा ‘दुना सिम्ली मःम’ बिस्तार पछि सम्वोधन गर्दै सम्वोधन गर्दै अध्यक्ष रावतले युवा नै देशको उर्जा भएको हुँदा त्यो उर्जालाई सही काममा सदुपयोग गर्न आवश्यक रहेको धारणा राखे ।

हरेक युवा स्वदेशमै बसेर उत्पादनमुखी कार्यमा लाग्न सके देश आर्थिक, समाजिक र राजनीतिक रुपमा बलियो हुने तर्क गरे । युवा र युवा अधिकार बलियो हुने देश आर्थिक, समाजिक र राजनीतिक रुपमा सक्षम हुने उनले बताए ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका पुर्वअध्यक्ष बिमल रिजाल,त्रिशिद्देश्वरी राप्ती यातयात प्रालिका अध्यक्ष सुरेश हमाल,नेपाली कांग्रेसका नेता युवराज खड्का लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै शाखाका सञ्चालक राजेन्द्र महराले २० जना भन्दा बढी युवाहरुलाई रोजगारी प्रदान गरेको बताए । उनले ज्ञान,सिप र अनुभव भए थोरै लगानी गरेर पनि स्वदेशमै राम्रो आम्दानी गर्न सकिने अनुभव साटे । उनले द पार्क क्याफेको ब्रान्ड बनाउने तथा जिल्लाका अन्य ठाउँहरुमा पनि शाखा बिस्तार गर्ने योजना सुनाए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *