Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


दशैंलाई मध्यनजर गर्दै दाङ,सल्यान र प्यूठानमा खसी बोकाको नयाँ मुल्य निर्धारण

तुलसीपुर र लमहीमा समान मूल्य तर घोराहीमा फरक


पार्वती बस्नेत,
लमही,असोज २ । दाङमा खसी बोकाको मुल्य निर्धारण गरिएको छ । लमहीमा विहीवार ब्यावसायिक सहकारीका पदाधिकारी र स्थानीय खसी ब्यापारीका बीचमा त्यो सहमति कायम भएको छ । मुल्य निर्धारण तथा बिक्री योजना बैठक कार्यक्रममा दशंै तिहारलाई मध्यनजर गर्दै जिउदो खसी बोकाको मुल्य निर्धारण पनि गरिएको छ ।

उक्त सहमति अनुसार अबदेखि घोराहीमा जिउँदो खसी २० देखि २६ केजी सम्मको खसीको प्रतिकेजी ४ सय २० रुपैंया निर्धारण गरिएको छ । त्यस्तै २७ देखि ३५केजी सम्मको खसीलाई प्रतिकेजी ४ सय ९० र ३५केजी भन्दा माथिको जिउदो खसीलाई प्रतिकिलो ५सय रुपंैया मुल्य निर्धारण गरिएको छ । त्यस्तै बोका २५ केजी भन्दा कमलाई तौल भएकालाई प्रतिकेजी जिउँदो ४ सय ३० रुपैंया र सो भन्दा माथिकोलाई प्रतिकेजी ४ सय ५० मुल्य निर्धारण गरिएको छ ।

तुलसीपुर र लमहीमा एउटै मूल्य
लमही क्षेत्रको हकमा केही फरक मुल्य निर्धारण गरिएको छ । जहाँ जिउदो खसी २० देखि २५ केजी सम्मकोलाई प्रतिकेजी ४ सय ५० रुपंैया, २६ देखि ३०केजी.सम्मको जिउदो खसीलाई प्रतिकेजी ४ सय ७० रुपैंया, ३१ देखि ३९ केजीको लागि प्रतिकेजि मुल्य ४ सय ८० र ४० केजी भन्दा माथिको जिउँदो खसीलाइ प्रतिकेजी ५ सय रुपैंयाको दरले बिक्रि गर्ने निर्णय गरिएको छ । लमही क्षेत्रमा १५ केजीदेखि २४ केजी सम्मको बोकोको मुल्य प्रतिकेजी ४ सय ३०, २५ देखि ३४ केजी सम्मको बोकाको मुल्य प्रतिकेजी ४५० र ३५ केजी भन्दा माथिको बोकाको मुल्य प्रतिकेजी ४६० रुपैंयाका दरले बिक्रि गर्ने निर्णय गरिएको छ । लमहीमा र तुलसीपुरमा समान मुल्य निर्धारण गरिएको छ ।

यस्तो छ प्यूठानका लागि निर्धारित मुल्य
उक्त छलफलले प्युठान जिल्लाका लागि २५ केजी भन्दा कम तौलको जिउँदो खसीको मुल्य प्रतिकेजी ३ सय ८० रुपैंया,२६ देखि २९ केजी सम्मको जिउँदो खसिको प्रतिकेजी मुल्य ४ सय र ३० केजी भन्दा माथिको जिउँदो खसिको प्रतिकेजी मुल्य ४ सय ५० का दरले निर्धारण गरिएको छ । यहाँ खसी र बोकाको मूल्य एउटै निर्धारण गरिएको छ ।

सल्यानमा यस्तो मुल्य
सल्यान जिल्लाको लागि पनि खसीको नयाँ मुल्य निर्धारण गरिएको छ । जहाँ २० देखि २९ केजीको जिउँदो खसीको मुल्य प्रतिकेजी ४ सय ५० र ३० केजीदेखि माथिकोलाई ४ सय ६० प्रतिकेजीको मुल्य निर्धारण गरिएको छ । बोकाको हकमा पनि सल्यानमा एउटै रेट कायम गर्ने सहमति भएको छ ।

हेफर ईन्टरनेश्नल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दागंको साझेदारीमा दागं,सल्यान र प्युठान जिल्लामा संञ्चालन भईरहेको पशु बस्तुको मुल्य श्रृखंलामा आधारित साना किसानहरुको संस्था सबलीकरण परियोजना अन्र्तगत विहीवार लमहीमा बसको भेलाले खसी बोकाको नयाँ मूल्य निर्धारण गरेको हो ।

तौलेर मात्रै खसी बोका बेच्ने सहमती
यसैबीच तौलेर मात्रै खसी बोका बिक्रि गर्ने सहमती भएको छ । तौल गरेर बेच्दा साना किसानले उचित मुल्य पाउने र तौलेर खसी बोका बिक्रि गर्ने प्रणालीको शुरूवात गर्ने उदेश्य ले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा हेफर इन्टरनेश्नल नेपालका कार्यक्रम अधिकृत जगत चौधरी,कर्मठ सामाजिक उधमि महिला सहकारी सस्थाका अध्यक्ष देबिमाया थापा,निलकमल सामाजिक उद्यमी महिला सहकारी सस्था लिमिटेडका उपाध्यक्ष सीता पौडेल,समुन्ननी सामाजिक उद्यमी महिला सहकारी सस्थाका अन्जु चौधरी,लमही राना मासु पसल,तुलसीपुरका तालाबाङी खसी मासु पसल,घोराही मासु ब्यबसायका अध्यक्ष अस्लम कुरेसी लगायतले मासु मुल्य निधारनका लागि छलफल गरेका हुन । उक्त कार्यक्रमको सहजीकरण परियोजना सयोजक भिमकान्त चौधरीले गरेकी हुन ।

एकरुपता कायम गर्न स्थानीय सरकारले सहयोग गर्छ – बेलबासे
खसी बोकाको मासु मुल्यकम एकरुपता कायम गर्न स्थानीय सरकारले सहयोग गर्ने भएको छ । विहीवार लमहीमा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधिले त्यो कुरामा प्रतिवद्धता जाहेर गरेका हुन । लमही नगरपालिकाको उपप्रमुख देबका बेल्बासेले स्थानीय सरकारले स्थानीय उत्पादनलाई ब्यावसायिकताको रुपमा बिस्तार गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal