२०८३ असार ९ गते मङ्गलवार

लुम्बिनीका सांसदको नयाँ बजेट प्रति ब्यापक बिरोध


बिरोधका बीच ३ दिन पछि बसेको बैठक १६ मिनेट पनि चलेन

तुलसीपुर, असार ९ ।
आगामी आर्थिक बर्ष २०८३/०८४ को बिनियोजित बजेटलाई लिएर लुम्बिनी प्रदेशसभामा सांसदहरुले ब्यापक बिरोध जनाएका छन् ।
बजेटमा बिभेद गरेको भन्दै सत्तारुढ दलकै सांसदहरुले बिरोध जनाएपछि मंगलबार बैठक सुरु भएको केही बेरमै सभामुख तुलाराम घर्ती मगरले केही बेरमै बैठक स्थगित गरेका हुन । सांसदहरुको बजेट प्रति तीब्र बिरोध जनाएपछि मंगलबारको बैठक सुरु भएको १६ मिनेट पहिलै स्गगित हुन पुगेको थियो । मंगलबार बजेट माथि सैधान्तिक छलफल हुने कार्यतालि रहेपनि बिनियोजित बजेटमा बिभेद गरेको भन्दै सांसदहरुले उठेर बिरोध जनाएका थिए । मंगलबार ३ बजे सुरु भएको बैठकमा १६ मिनेट पुरा नुहँदै असार १ गते बिनियोजित आगामी बर्षको बजेट बारे नेकपा एमाले बाहेकका १६ जना सांसदहरु उठेर असुन्तुष्टि जनाएका थिए । त्यसपछि आधा घन्टाको लागि स्थगित गरिएको प्रदेशसभा बैठक फेरि सुरु हुन सकेन ।
बैठक सूचारु गर्ने प्रयास स्वरुप प्रदेश सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यसंग छलफल गरेका थिए । त्यो छलफल पछि मुख्यमन्त्री आचार्यको आग्रहमा बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।
त्यसपछि एक पछि अर्कौ गर्दै १६ जना सांसदले बजेटको पुर्नराबलोकन नहुँदासम्म बजेट चल्न नदिने चेतावनी दिएका थिए । कतिपय सांसदले अर्थमन्त्रीको राजीनामा मागेका थिए ।

यसअघि आइतरबार पनि तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको थियो । सोमबार पनि बैठक स्थगित गरि मंगलबार ३ बजेका लागि डाकिएको थियो । मगलबारको बैठक पनि १६ मिनेट पनि पुरा नबसी बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
मंगलबारको बैठक सुरु हुनासाथ सभामुख घर्तीले आर्थिक मामिला मन्त्री धरेन्द्र कार्कीलाई राजश्व र ब्ययसम्बन्धि प्रतिबेदन सैधान्तिक छलफलका लागि पेश गर्न अनुमति दिएका थिए ।
त्यस लगतै टिपाएका नाम अनुसार आफ्ना कुरा राख्नका लागि सभामुख घर्तीले नेकपा एमाले बाट रुपन्देही २ (२) बाट निर्वाचित भोजप्रशाद श्रेष्ठलाई २० मिनेट बोल्नका लागि समय प्रदान गरेका थिए । तर, त्यही बीचमा नेपाली काँग्रेस बाट बर्दियाको १ (१) मा निर्वाचित भुवनेश्वर चौधरीले आफ्नो टेबुल ठटाएर सांकेतिक बिरोध गरेका थिए । त्यसपछि उनी आफ्नो सिटबाट उठेका थिए ।
चौधरीले स्पष्ट भने – आगामी आर्थिक बर्ष २०८३/०८४ को बजेट तयार पार्दा मागिएको योजना एउटा पनि नपरेको भन्दै बिरोध गरे । चौधरीले बर्दिया जिल्लामा भौतिक योजना मन्त्रालयका योजनाहरु एउटा पनि नपरेको भन्दै बिरोध गरे । त्यसको सम्बोधन नहुँदासम्म बिरोध गरि रहने चेतावनी दिए ।

प्रकाशित मिति : २०८३ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *