
दाङ, असार ७ ।
तुलसीपुरमा महिलाका लागि तीन महिने ब्यूटिसियन र ७५ दिनको सुनका गरगहना बनाउने तालिमको आइतबार समापन गरिएको छ ।
तुलसीपुरपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको अध्यक्षता र लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आथित्यतामा बाणिज्य संघको सभाहलमा तालिम समापन कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस संसदीय दलका नेतासमेत रहेका चौधरीले गरिबी निवारण गर्नका लागि रोजगारी सृजना हुन जरुरी रहेको र त्यो सीप बाट मात्रै संभव हुने बताए ।
रोजगारीका अवशर सृजना हुनका लागि उद्योगहरु खुल्न जरुरी रहेको तथा पर्यटन पबद्र्धनमा ध्यान दिन जरुरी रहेको उनले चर्चा गरेका थिए ।
आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै ब्यापार ब्यबसाय गर्न सकेको खण्डमा मात्रै रोजगारी सृजना हुने उनले बताए ।
कार्यक्रकलाई सम्बोधन गर्दै सामाजिक बिकास डिभिजन कार्यायल तुलसीपुरका शाखा अधिकृत रुद्रमणि खरेलले जीवनमा सीप सबै भन्दा ठूलो कुरा मान्न जरुरी रहेको बताए । ‘ सीप सिक्ने आँफैले हो र सिकेको सीप आँफैलाई हो,’ उनले भने ‘ सीकेको सीप ब्यबहार उतार्न सके मात्रै प्रगति संभव हुन्छ ।’
कार्यक्रम संयोजक कमल डाँगीले सिकेको सीप ब्यबहारमा उतार्न नसके सीप सिक्नुको अर्थ नहुने बताए ।
त्यस्तै नेपाल सुनचाँदी ब्यबसायी महासंघका केन्द्रीय सदस्य मदन केसीले पहिलो पटक महिला कालिगढ उत्पादन गर्ने उदेश्यले तुलसीपुर उद्योग बाणिज्य संघले संचालन गरेको साढे दुई महिनाको तालिमले धेरु कालीगढ जन्माउने आशा ब्यक्त गरे ।
सुन चाँदी ब्यबसायी संघ तुलसीपुरका अध्यक्ष हरिकृष्ण बिकले सुन चाँदीका गरगहना बनाउने तालिम लिएका २० जना मध्य इच्छुक कोही आफ्नो पसलमा आइ काम गर्ने चाहाना ब्यक्त गरे तत्काल रोजगारी दिने प्रतिबद्धता जाहेर गरे । तुलसीपुरमा ८७ वटा जति सुन चाँदीका पसल रहेको भन्दै सीप सिकेका महिला दिदी बहिनीले चाहेमा ती पसल हरेकले काम दिने उनले विश्वास गरे । साथै सुन एक महंगो धातु भएको हुँदा गरगहना निर्माण गर्दा गम्भीर भएर काम गर्न सुझाए ।
तुलसीपुरमा खुकुरी उद्योग संचालन गर्दै आएकी तथा आइडिया नेपाल सिजन ३ को टप ३ को उपाधि बिजेता टीका बिकले आफ्नो सीप र समानलाई कसरी ब्रान्डिङ गर्ने, गुणस्तर कसरी बढाउने, मार्केटिङ कसरी गर्ने, लोगो कसरी स्थापित गर्ने, अरु संग सहकार्य कसरी गर्ने भन्ने बारे योजना निर्माण गर्न जरुरी रहेको बताइन ।

कार्यक्रमलाई ताालिमका सहायक प्रशिक्षक दीपक सुनार, प्रशिक्षार्थी लिला गिरी, निर्मता चौधरी, ब्यूटिसियनकी प्रशिक्षक एलिना राज भण्डारी लगाएतले तालिमको महत्व र त्यसले सृजना गर्ने रोजगारीका बारेमा मनतब्य राखेका थिए ।
तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष देवबहादुर केसीको स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रममा प्रशिक्षक, उत्कृष्ट प्रशिक्षार्थी, अतिथि लगाएतलाई प्रमाण पत्र प्रदान गर्नुका साथै खादाले स्वागत गरिएको थियो ।
कार्यक्रमको सहजीकरण बाणिज्य संघका महासचिव केशबराज केसीले गरेका थिए ।
दुई वटा तालिमहरु लुम्बिनी प्रदेश सरकारको अनुदान, सामाजिक बिकास डिभिजन कार्यायल तुलसीपुरको समन्वय र तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको थियो ।

