२०८३ असार १४ गते आइतवार

गलत कुराको भण्डाफोर गरेर हामीलाई सघाउनुहोस् : नगरप्रमुख पाण्डे


तुलसीपुर, साउन १० । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिका भित्र भएको गलत कामहरुका वारेमा समाचार लेखेर सघाउन पत्रकारलाई आग्रह गरेका छन् । तुलसीपुरलाई सुशासनयुक्त उपमहानगरका रुपमा विकास गर्न आफु प्रतिवद्ध रहेको वताउँदै नगरप्रमुख पाण्डेले गलत कुराको भण्डाफोर गर्नका लागि आफुले समेत साथ दिने वताए । ‘कसैलाई पनि गलत काम गर्न र गराउन छुट छैन ’ पत्रकारहरुका माझमा नगरप्रमुख पाण्डेले भने ।

तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको सञ्चार कार्यविधिका वारेमा आयोजना गरेको छलफल कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डेले सूचनाको हक स्थापित गर्नका लागि आफु प्रतिवद्ध रहेको वताए । उनले सञ्चार माध्यमले खेलेको भुमिकाको प्रशंसा गर्दै सकारात्मक र नकारात्मक दुवै खाले समाचारले मार्गनिर्देश गरेको औल्याए । ‘राम्रो समाचारले अझै राम्रो काम गर्ने प्रेरणा दिन्छ नराम्रो समाचारले सुधारका लागि सचेत वनाउछ’ उनले भने ।

सञ्चार र सञ्चार माध्यमलाई टिकाउनका लागि स्थानीय सरकारको भुमिका महत्वपूर्ण हुने वताउँदै नगरप्रमुख पाण्डेले सञ्चारकर्मी र सञ्चारमाध्यमको आचारसंहितामा असर नपर्ने गरी सहयोग गर्न तत्पर रहेको वताए । मिडिया नै अहिलेको समयमा नागरिक समाज भएको भन्दै पाण्डेले सञ्चार माध्यमले सधै खवरदारी गरिरहनुपर्ने कुरामा जोड दिए ।

े छलफल कार्यक्रममा वोल्दै पत्रकारहरुले सञ्चार माध्यमहरुले स्थानीय सरकार हुनुको अनुभुति गर्न नसकेको गुनासो गरेका थिए । प्रदेश टुडेका सम्पादक गोपाल शर्मा भट्टराईले सञ्चारकर्मीलाई उपमहानगरपालिकाले सहजै सूचना उपलब्ध गराउनका लागि उचित व्यवस्थापन गर्नुपर्ने वताए । उनले सञ्चार माध्यमको विकासका लागि पनि उपमहानगरपालिकाले सोच्नुपर्ने वताए । प्रेस संगठनका जेएन सागरले समग्र सञ्चार क्षेत्रलाई समट्ने गरी कार्यविधि निर्माण गर्न सुझाव दिए । उनले उपमहानगरपालिकाले आफै सञ्चारका योजना लागु गर्नुभन्दा पनि सञ्चार संगठन मार्फत गर्दा प्रभावकारी हुने कुरामा जोड दिए ।

पत्रकार महासंघका सल्लाहकार दुर्गालाल केसीले दाङ जिल्लामै नमुना काम भएको भन्दै यसलाई व्यवस्थित रुपले अगाडि वढाउनुपर्ने कुरामा जोड दिए । सञ्चार कार्यविधि श्रमजिवी केन्द्रीत भएको उनको भनाई थियो ।

सो अवसरमा सामुदायिक रेडियो प्रसारक संघका प्रदेश सचिव संगीत वस्यालले सबै सञ्चार माध्यमलाई समानुपातिक ढँगले विज्ञापन उपलब्ध गराउनुपर्ने कुरामा जोड दिदै सामुदायिक रेडियोहरुको वारेमा पनि विशेष तवरले सोच्नुपर्ने आवश्यकता रहेको वताए । प्रदेश अनलाइनका सम्पादक गणेश आचार्यले मिडिया प्रालीहरुलाई उपमहानगरपालिकाले कार्यक्रम सञ्चालन दिनुपर्ने सुझाव दिए ।

गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजालले पत्रकारहरुलाई विशेष खालका तालिममा सहभागी गराउनका लागि सहयोग गर्नुपर्ने वताए । रासस प्रमुख नारायणी रजौरेले तुलसीपुरमा मिडिया सेन्टर स्थापना गर्नुपर्ने कुरामा जोड दिइन् । पत्रकार वालाराम खड्काले उपमहानगरपालिकाबाट सहजै सूचना उपलब्ध गराउनुपर्ने कुरा वताए । कार्यक्रममा रिपोर्टस् क्लव दाङका अध्यक्ष शरद रेग्मी, पत्रकार महासंघका सहसचिव गोकर्ण पौडेल लगायतले सुझाव राखेका थिए ।

पत्रकार महासंघ सहसचिव शर्मीला डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७६ साउन १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *