
दाङ, जेठ ३१ ।
सल्यानमा बसको ठक्कर बाट एक जना पैदल यात्री महिलाको मृत्यु भएको छ ।
बसले ठक्कर दिदा छत्रेश्वरी गाउँपालिका –७ की पैदलयात्री ४६ वर्षीया उमा रेउलेको मृत्यु भएको हो ।
राप्ती राजमार्ग अन्तर्गत सल्यान शारदा नगरपालिका–१ श्रीनगरको बसपार्क नजिक आइतबार मध्यान्ह १२ बजेतिर दाङबाट कुमाखतर्फ जाँदै गरेको ना ३ ख ६६१६ नम्बरको बसले पैदल यात्री रेउलेलाई मध्यान्ह १२ बजेतिर ठक्कर दिएको थियो । उनलाई उद्धार गरि तत्काल जिल्ला अस्पताल खलंगा पुर्याउँदा चिकित्सकले बजे मृत घोषणा गरेका थिए ।
बस चालक जिल्लाकै कुमाख गाउँपालिका–३ का ३० वर्षीय डिल्ली बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
