२०८३ जेष्ठ ३० गते शनिवार

अमेलियाबाट ५२ लाख बढीको सुनसहित दुई युवा पक्राउ


दाङ, जेठ ३० ।
दाङको अमेलियाबाट ५२ लाख बढीको सुनसहित दुई युवा पक्राउ परेका छन् ।
दाङको लमही नगरपालिका – ९ अमेलियास्थित ‘नमस्ते होटेल’को कोठामा सुनको अवैध कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमेलिया बाट खटिएको टोलीले शुक्रबार बेलुकी उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट २१४.५०० मिलीग्राम सुन (पँहेलो धातु) फेला परेको प्रबक्ता केसीले बताए ।
बरामद भएको सुनको हालको प्रचलित बजार मूल्य ५२ लाख ७४ हजार बराबर रहेको दाङका प्रहरी प्रबक्ता डिएसपी डा. हेमबहादुर केसीले बताए ।
पक्राउ पर्ने ब्यक्तिमा दाङको राजपुर गाउँपालिका –७ सुनपतरी नाका बस्ने ४० बर्षीय रुपलाल गिरी र रुकुम पश्चिमको बाफिकोट गाउँपालिका – ६ मग्मा बस्ने २२ बर्षीय दिलिप परियार छन् ।
दाङका प्रहरी प्रबक्ता केसीका अनुसार गिरीले त्यो सुन भारतबाट किनेर ल्याएका थिए भने परियार खरिद कर्ता हुन ।
पक्राउ परेका ब्यक्तिहरु माथि थप आवश्यक अनुसन्धान भइ रहेको डिएसपी केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *