२०८३ जेष्ठ २९ गते शुक्रवार

अतिक्रमण हटाउन गएका प्रहरी हवल्दार माथि खुडा प्रहार गर्ने महिला पक्राउ


सार्वजनिक कसुर बिरुद्धको मुद्दा चलाउने तयारी
दाङ, जेठ २९ ।

बाँकेमा विद्यालयको अतिक्रमण हटाउन गएका प्रहरी हवल्दार माथि माथि खुडा प्रहार गर्ने महिला पक्राउ परेकी छन् ।
जिल्लाको बैजनाथ गाउँपालिका–६ एच गाउँस्थित ईश्वरी माध्यमिक विद्यालयको सरकारी जग्गा अतिक्रमण हटाउने क्रममा ३६ वर्षीया शाबित्रीकुमारी शाहले प्रहरी चौकी सम्झना बाँकेमा कार्यरत प्रहरी हवल्दार सुनिलकुमार चौधरीलाई धारिलो हतियारले टाउकोमा लक्षित गरि प्रहार गरेकी थिइन ।
विद्यालयको सरकारी जग्गामा घरटहरा निर्माण गरी बस्दै आएकी शाहको प्रहार छलेका कारण प्रहरी हवल्दार चौधरीको पछाडि ढाडमा सामान्ने चोट पटक लागेको बाँके प्रहरीले जनाएको छ ।
गाउँपालिकाले जग्गा खाली गर्न पटक–पटक सूचना जारी गरी आग्रह गरे पनि अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेको आग्रहमा प्रहरी अतिक्रमण गरि निर्मित संरचना हटाउन गएको र सोही क्रममा चौधरी माथि शाहले खुडा प्रहार गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी प्रतित सिंह राठोरले जानकारी दिए ।
घटना लगतै शाहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जेठ २७ गते प्रशासन बाट प्राप्त पत्रका आधारमा अतिक्रमित संरचना हटाउन मद्दत गर्न प्रहरी हवल्दार चौधरीसहितको टोली खटिएको थियो । प्रहरी हवल्दार चौधरी माथि खुडा प्रहार गर्ने शाहलाई इलाका प्रहरी कार्यालय कोहलपुरले शुक्रबार म्याद थप गर्न लगेको छ ।
शाह बिरुद्ध सार्वजनिक कसुर बिरुद्धको मुद्दा चलाउने गरि अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *