२०८३ असोज २ गते शुक्रवार

लिबियामा पानीजहाज डुब्यो १५० जनाको मृत्यु भएको आशंका

काठमाडौं, साउन १० । लिबियामा करिब ३ सय जना शरणार्थी सवार पानीजहाज समुन्द्रमा डुबेको छ । पानीजहाज डुब्दा भएको मानवीय क्षतिबारे तथ्यांक नआइसके पनि कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले शरणार्थी सवार पानीजहाज डुबेको उल्लेख गर्दै कम्तीमा एक सय ५० जनाको ज्यान गएको हुनसक्ने जनाएको छ । जहाजमा डुबेका १५० जनाको उद्धार भएको छ । माछा मार्न तटीय क्षेत्रमा गएकाले उनीहरूको ज्यान जोगाइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

जहाज लिबियाको राजधानी त्रिपोलीबाट १२० किलोमिटरको दूरीमा रहेको एक शहरबाट हिँडेको थियो ।

प्रकाशित मिति : २०७६ साउन १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *