दाङ, १८ जेठ ।
ठूलो परिमानमा सुनका गरगहना र नगदसहित एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका ब्यक्तिको साथबाट बभिन्न प्रकारका सुन तथा चाँदीका गरगहना एक सय ८५ थानको अनुमानित मूल्य ३ करोड बराबर बरामद भएको छ । त्यस्तै नेपाली रुपैंया दुई लाख १९ हजार पाँच सय, भारतीय रुपैंयाँ आठ लाख ११ हजार आठ सय र पैंशा गणना गर्न आवश्यक पर्ने एउटा मेसिन पनि बरामद भएको प्रहरीले जनाएको छ । सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी कबिन्द्रसिंह बोहराका अनुसार पक्राउ परेका ब्यक्ति बाँकेको नेपालगंज उपमहानगरपालिका – १० घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ६ मा बस्दै आएका ६३ बर्षीय श्यामसुन्दर अग्रवाल –बालाजी) हुन । उनलाई प्रहरीले सोमबार दिउँसो ४ बजेतिर वीरेन्द्रनगर – ६ तल्लो बजारस्थित ‘शिब इम्पोरियम’ नामक कपडा पसलबाट अग्रवाल पक्राउ गरेको थियो ।
भारतीय रुपैंया र गरगहना धितो राखेर ब्याजमा नगद दिने कार्यमा संलग्न रहेको भन्ने गोप्य सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका ब्यक्ति उपर आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार
