
१ टिप्पर र ५ ट्याक्टरपनि नियन्त्रणमा
तुलसीपुर, जेठ १७ ।
दाङ प्रहरीले हप्ता दिनको अवधिका १६ जना फरार प्रतिबादी पक्राउ गरेको छ ।
जेठ ८ गतेदेखि १५ गतेसम्म बिभिन्न मुद्दाका १६ जना फरार प्रतिबादी नियन्त्रणमा लिइएको जिल्लाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिएका छन् ।
उनीहरु बाट २५ हजार तीन सय जरिवाना अशुल उपर भएको तथा ३ बर्ष २ दिन कैद भुक्तान हुने प्रहरी निरीक्षक बस्नेतले बताए ।
त्यस्तै यही हप्ता दिनको अवधिमा प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट उउटा टिप्पर र पाँच वटा ट्याक्टर नियन्त्रणमा लिइ कारबाही चलाएको छ । खोला तथा नदी जन्य पदार्थ ढुँगा बालुवा गिट्टी जस्ता बस्तुहरुको अबैध चोरी निकासीमा संलग्न रहेको पाइएका ती सवारी साधान माथि कारबाही गर्दा एक लाख ६५ हजार राश्व संकलन भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ १७ गते आइतवार
