२०८३ जेष्ठ १५ गते शुक्रवार

अबदेखि मासिक ८३ हजार कमाउने ब्यक्तिले कर तिर्नु नपर्ने


दाङ, जेठ १५ ।
अबदेखि मासिक ८३ हजारम्म कमाउने ब्यक्तिले राज्यलाई करतिर्नु नपर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णीम वाग्लले आर्थिक वर्ष २०८३/८४को बजेटमा बार्षिक १० लाख रुपैयाँसम्म कमाउनेलाई कर नलिने घोषणा गरेका हुन ।
सरकारले मध्यस्तरको आम्दानी गर्ने समुदायका लागि करमा भारी छुट दिएको छ । जस्ले गर्दा मध्यम कमाई हुने वर्गलाई ठूलो राहात मिल्ने छ ।

सरकारले आयकर ऐन, २०५८ मार्फत एकल व्यक्तिको हकमा पहिलो ५ लाख रुपैयाँसम्म र दम्पतीको हकमा पहिलो ६ लाख रुपैयाँसम्मको वार्षिक आयमा एक प्रतिशत सामाजिक सुरक्षा कर मात्र लिने गरेको थियो ।
अब १० लाख भन्दा कम कमाई हुनेले वार्षिक एक प्रतिशत मात्र तिरे पुग्ने भएको छ । १० लाख माथि कमाई हुनेले भने थप कर तिर्नुपर्नेछ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *