२०८३ जेष्ठ ११ गते सोमवार

गणतन्त्र दिवसमा बालेन नबोल्ने, रामचन्द्रले सम्बोधन गर्ने


दाङ, जेठ ११ ।
जेठ १५ गतेको गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नबोल्ने भएका छन् । प्रधानमन्त्री भए पछि उनी हालसम्म सदनमा पनि बोलेका छैनन् ।
प्रधानमन्त्री नबोल्ने भएपछि जेठ १५ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने गणतन्त्र दिवसको समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएका छन् ।
नेपालमा २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो । त्यसयता टुँडिखेलमा आयोजना भएका हरेक गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्रीहरुले सम्बोधन गर्दै आएका थिए ।
तर, यो पाली त्यो परम्परा तोडिने भएको छ । सरकारले मन्त्रिपरिषदबाट गणतन्त्र दिवसमा आयोजित समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरि सकेको हुँदा त्यो परम्परा तोडिने भएको हो ।
गणतन्त्रको प्रतीक राष्ट्रपति हुन । त्यसैले प्रधानमन्त्री भन्दा राष्ट्रपतिले समारोहलाई सम्बोधन गर्नु उचित हुने भन्दै मन्त्रीपरिषद बाटै त्यस्तो निर्णय गरिएको हो ।

प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *