२०८३ जेष्ठ ११ गते सोमवार

आज लुम्बिनी सरकारको वार्षिक नीति तथा कार्यक्रम


तुलसीपुर, जेठ ११ ।
लुम्बिनी प्रदेश सरकारले सोमबार आगामी आर्थिक बर्ष २०८३ / ०८४ को नीति तथा कार्यक्रम पेश गर्दै छ ।
प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सरकारको ‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेश सभामा प्रस्तुत गर्ने तयारी छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *