दाङ, बैशाख ३० । आपसी मिलेमतोमा अस्पतालको लाखौं रुपैंया हिनामिना गरेको आरोपमा अस्पतालका प्रमुखदेखि बैंकका क्यासियरसहित पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका – ५ घर भइ हाल कपिलबस्तुको शिवराज नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमा स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत ५५ बर्षीय चुडामणि भट्टराई, कपिलबस्तुको महाराजगञ्ज नगरपालिका – १ घर भइ हाल आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाकाको मेडिकल सुपरिटेन्डेन्ट पदमा कार्यरत ३० बर्षीय डा.अमित पाण्डे, गुल्मी जिल्लाको सत्यबती गाउँपालिका –५ ढाड घर भइ हाल नेपाल बैंक लिमिटेड शाखा कार्यालय चन्द्रौटामा क्यासियरको रुपमा कार्यरत ३४ बर्षीय कमलप्रशाद भण्डारी, कपिलबस्तु नगरपालिका – ५ घर भइ अस्पतालका फार्मेसी सहायक कर्मचारी ३७ बर्षीया रुक्सना खातुन र शिवराज – ३ घर भइ तत्कालिन नेपाल बैंश शाखा कार्यालय चन्द्रौटाकोमा र हाल सोही बंैकको मणिग्राम शाखामा कार्यरत कार्यालय सहयोगी ३५ बर्षीय बिक्रम केसी रहेका छन् ।

कपिलबस्तुका प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार मिलेमतोमा आर्थिक बर्ष २०८१/०८२ को बिभिन्न मितीका एक सय २९ वटा भौचर मात्रै जम्मा भएको र ती भौचरमा उल्लेख भए अनुसारको ३८ लाख १९ हजार सात सय ७० रुपैंया हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको छ । थप केही माथि अनुसन्धान भइ रहेको कपिलबस्तु प्रहरीले जानकारी दिएको छ ।
नेपाल बैंकको शाखा चन्द्रोटा शाखाका कर्मचारी र अस्पतालका जिम्मेवार पदाधिकारीको मिलेमतोमा अस्पतालको लाखौं रकम हिना भएको पाइए पछि अस्पताल र बैंकका जिम्मेवार कर्मचारी पक्राउ परेको प्रहरीले जनाएको छ । नगरपालिकाको लेखा परीक्षण का क्रमममा अस्पालको रकम हिनामिना भएको तथ्य खुलेपछि मेयर अजय थापाले बैशाख ४ गते प्रहरीलाई सूचना दिएका थिए ।
लेखा परीक्षणका क्रममा बैंकका एक सय २९ वटा भौचरहरु फाइलमा फेला परेपनि सो अनुरुप बैंकमा पैंशा दाखिला भएको फेला परेको थिएन ।
सोही बेहोरासहित शिवराज नगरपालिका – ५ का वडाध्यक्ष तथा अस्पताल संचालन तथा ब्यबस्थापन समितिका अध्यक्ष नेत्रप्रशाद बेलबासेले बैशाख २७ गते अस्पतालको रकम ठगी तथा अपराधिक विश्वासघात सम्बिन्धि जोहरी प्रहरीमा दिएका थिए ।
प्रहरीको जाहेरीको आधारमा उनीहरु पक्राउ परेका हुन । पक्राउ परेकाहरु माथि ७ दिनको म्याद थप भइ ठगी तथा अपराधिक विश्वास घात सम्बन्धि मुद्दामा अनुसन्धान भइ रहेको डिएसपी सिंहले जानकारी दिए ।