२०८३ बैशाख २९ गते मङ्गलवार

सुपादेउराली दर्शनका लागि गएकाहरु दुर्घटनामा परे , ३ जनाको घटनास्थलमै मृत्यु

दाङ, बैशाख २९ ।
अर्घाखाँचीमा मंगलबार दिउँसो भएको बस दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । थप २५ जना घाइते भएका छन् ।
सुपादेउराली मन्दिरको दर्शनका गएकाहरु दुर्घटनामा परेका हुन । दुर्घटनामा परि तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको अर्घाखाँचीका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक झलक शर्माले बताए । मृतकहरुको सनाखत भइ सकेको छैन ।
पर्वत बाट सुपादेउराली मन्दिर दर्शन गरि फर्किने क्रममा ध १ ख ५०४ नम्बरका बस दिउँसो पाणिनी गाउँपालिका–८, कुँडेले बाट झन्डै एक सय मिटर मुनी खसेको थियो ।

घाइतेलाई जिल्ला अस्पताल अर्घाखाँची र पाल्पा मिसन अस्पतात तर्फ पठाइएको हो ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *