२०८३ बैशाख २४ गते बिहिवार

३ बर्ष अघिको ‘सासु’ हत्या घटना अनुसन्धान गर्न बुहारी पक्राउ

दाङ, वैशाख २४ ।
तीन बर्ष अघिको ‘सासु’ हत्या घटना अनुसन्धान गर्न प्यूठान प्रहरीले एक जना बुहारीलाई पक्राउ गरेको छ ।
२०७९/०८/०१ गते जिल्लाको स्वर्गद्धारी नगरपालिका – ६ डाँडाखर्ककी ६३ बर्षीया धनीकुमारी सुनारको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा स्थानीय भुपाल घर्तीको बारीको काल्नोमा शब फेला परेको थियो ।
तत्कालिन समय अनुसन्धान गरेपनि प्रहरीले उक्त हत्या घटनामा प्रतिबादी पत्ता लगाउन सकेको थिएन ।
सासु धनीको हत्या घटनामा पछिल्लो समय उनकी सौतेनी कान्छी बुहारी ३२ बर्षीया चेती सुनारको संलग्नता खुल्न आएको हुँदा अदालत बाट पक्राउ पूर्जी लिएर बुधबार पक्राउ गरिएको जिल्लाका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराइले बताए । चेतीलाई पक्राउ गर्नु अघि बुभबार मात्रै प्रहरीले जिल्ला अदालत बाट पक्राउ पूर्जी लिएको थियो । पक्राउ पूर्जी लिए लगतै प्रहरीले चेतीलाई पक्राउ गरिएको भट्टराइले जानकारी दिए ।
जिल्ला अदालतले घटना अनुसन्धान गर्न बुधबार चेती बिरुद्ध पाँच दिनको म्याद दिएको थियो ।
प्रहरी हिरासतमा राखेर चेती माथि थप अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक भट्टराइले बताए । प्रहरीका अनुसार हत्या गरिएकी धनी प्यारासाइसिस बाट ग्रसित थिइन । उनी हिडडुल गर्न तथा सौचगर्न पनि जान सक्दैन थिइन ।

प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *