दाङ , बैशाख १२ ।
प्रहरीले तीन राउन्ड हवाइ फायर गरि तीन जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका – २२ शान्ति चोकमा शनिबार दिउँसो हवाइ फायर गरि स्थानीय २९ बर्षीय फिरोज शाही, २८ बर्षीय दिनेश बासखोर र २२ बर्षीय नुर मोहमद किङगरियालाई पक्राउ गरिएको हो ।
उनीहरुको साथ बाट तीन सय ७० मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
लागुऔषधको अबैध कारोबारो भइ रहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको साधा पोशाकका प्रहरी उनीहरुलाई पक्राउ गरेका थिए ।
जिल्लाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार प्रहरी टोलीलाई देखेपछि उनीहरु भाग्न खोजेका थिए ।
त्यसपछि प्रहरीले तीन राउन्ड हवाइ फायर गरि तीन जनालाई नियन्त्रणमा लिएको बिष्टले जानकारी दिए ।
पक्राउ परेकाहरु तीनै जना माथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।