२०८३ बैशाख १० गते बिहिवार

बाँकेमा प्रहरीको एक्सन – एकै रातमा १२७ जना पक्राउ


दाङ, वैशाख १० ।
बाँके प्रहरीले ‘लागु औषध बिरुद्धको बिषेश अभियान’ संचालन गरि एकै दिनमा एक सय २७ जनालाई पक्राउ गरेको छ ।
उनीहरु सबै बुधबार रातिदेखि बिहीबार बिहान ६ बजेसम्म नेपालगंजबाट मात्रै पक्राउ परेका थिए । टोले गुन्डादेखि लागु औषध प्रयोग कर्ता तथा होटेलमा गइ अनैतिक कार्य गर्नेहरु पक्राउ परेका हुन ।
प्रहरीले एक सय ११ जना लागुऔषध प्रयोग कर्ता र १६ जना अनैतिक कार्यमा संलग्न ब्यक्तिहरु एकै रातमा पक्राउ गरेको हो । बिषेश अप्रेसनका क्रममा एक सय ११ जना लागुऔषधका प्रयोग कर्ता पक्राउ परेका र ती मध्य एक जना संग २७५ग्राम ब्राउन सुगर बरामद भएको बाँकेका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रमेश विष्टले बताए ।


त्यस्तै गैर कानुनी कार्य गरेको अभियोगमा १६ जना पक्राउ परेका छन् । फक्राउ परेका मध्य १२ जना महिला र चार जना पुरुष छन् । चार पुरुष मध्य दुई जना होटेल संचालक रहेको प्रहरी निरीक्षक बिष्टले बताए ।

प्रकाशित मिति : २०८३ बैशाख १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *