
सन्तोष केसी, तुलसीपुर, चैत २५ ।
ज्ञानज्योती कलेज तुलसीपुर र इन्टरनेसनल स्कूल अफ टुरिजम होटल म्यानेजमेन्ट (आईएसटी) कलेज काठमाडौंको सहकार्यमा बुधबार फूड फेष्टिबल आयोजना भयो ।
तुलसीपुर– ६ को बरुवा गाउँमास्थित विद्यालयमा आयोजित फेष्टिबलमा विद्यार्थीले विभिन्न किसिमका खानाका परिकार पस्किएका थिए । त्यसक्रममा अभिभावक, शिक्षक तथा पाहुनालाई उनीहरुले आँफुले तयार पारेका परिकारहरु पस्किएका थिए ।
कार्यक्रम ज्ञानज्योती फाउन्डेसनका सिइओ तथा ज्ञानज्योती कलेजका प्रमुख सुरेन्द्र जिसीले पढाइका साथै दैनिक जिबनमा उपयोगमा आउने क्रियाकलापको जानकारी गराउने र होटेल ब्यबस्थापन पढेका बिद्यार्थीलाइ दक्ष बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रम विद्यालयका होटेल ब्यवस्थापन अध्ययनरत कक्षा १२ का बिद्यार्थीको प्रयोगात्मक कक्षा अन्तर्गत फूड फेष्टिबल आयोजना गरिएको थियो । ज्ञानज्योती फाउन्डेसन जिल्लामै होटेल ब्यबस्थापन अध्यापन सुरु गर्ने पहिलो विद्यालय हो । जहाँ झन्डै डेढ दशक अघिदेखि ब्यबस्थापन अध्यापन सम्बन्धि अध्यन हुँदै आएको छ ।
आइएसटी कलेजका सिइओ नरेन्द्र बज्राचार्यले होटेल ब्यबस्थापन पढ्ने विद्यार्थीलाई रोजगारीका अवसर प्रशस्त रहेको बताए । उनले होटेलमात्रै नभएर अन्य क्षेत्रमा पनि होटेल ब्यबस्थापन पढेका जनशक्तिको माग भइ रहेको बताए ।
‘होटल ब्यबस्थापन नेपालमा धेरै रोजगारको सम्भाबना भएको क्षेत्र हो ,’ बज्राचार्यले भने ‘नेपालमै आफ्नै परिवेश परिवारमा बसेर काम गर्न सकिने पेशा ब्यबसाय होटेल ब्यबस्थापन हो ।’
उनले होटल ब्यबस्थापन पढेपछि विदेशमा जानुपर्छ भन्ने नरहेको तथा नेपालमै प्रशस्त रोजगारीका संभावना हुन थालेको उनले बताए ।
कलेजका शैक्षिक संयोजक शरद गौतमले ज्ञानज्योति स्कूलले विगत १६ वर्ष अघिदेखि होटल म्यानेजमेन्ट पढाउन शुरु गरेको बताए ।
यो बिद्यालयले विद्यार्थी संगै अभिभावकलाई बोलाएर फुड फेष्टिबल गर्न थालेको यो दोस्रो पटक हो ।
बुधबार बिद्यार्थीले मसरुम सुप, ब्राउनी,ड्रील चिकेन, लगाएत विभिन्न परिकारहरु पस्किएका थिए ।
कार्यक्रमको सहजीकरण शिक्षक सोमराज बस्नेतले गरेका थिए ।