२०८२ चैत्र २६ गते बिहिवार

जेन्जी आन्दोलनका क्रममा फरार बन्दी पक्राउ


दाङ, चैत २३ ।

भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा हुलहुल्लज गरि कारागार कार्यालय नौंबस्ता बाँकेबाट फरार भएका लागुऔषधका प्रतिबादीपनि आइतबार पक्राउ परेका छन् ।
जिल्लाको कोहलपुर नगरपालिका – १२ चप्परगौडीका २१ बर्षीय ज्ञानेन्द्र टमाटा पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता दीपक पातलीले जानकारी दिए ।
लागु औषध मुद्दामा टमाटालाई जिल्ला अदालतले ६ बर्ष ६ महिना कैद सजाय र २० हजार जरिवानाको फैसला सुनाएको थियो ।
पक्राउ पछि टमाटालाई पुनः कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *