२०८३ भाद्र ८ गते सोमवार

२४ बर्ष अघिको फैसला – ८१ बर्षीय बृद्ध ४ बर्षका लागि कारागार चलान

दाङ, चैत २३ ।

रोल्पामा २४ बर्ष अघिको फैसला कार्यान्वय गर्ने क्रममा ८१ बर्षीय बृद्ध फक्राउ पछि कारागार चलान गरिएका छन् ।

२४ बर्ष अघि ४ बर्ष कैद तोएिका ८१ बर्षीय बृद्ध पक्राउ पछि कारागार चलान गरिएको छ । जिल्लाको थवाङ गाउँपालिका – ४ थापल खर्कका ८१ बर्षीय कुलबहादुर घर्ती आगुऔषध मुद्दामा  शनिबार राति घरबाटै पक्राउ गरिएका थिए ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार घर्ती बिरुद्धको लागुऔषध मुद्दामा  जिल्ला अदालतले २०५९/११/१८ गते ४ बर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसयता घर्ती फरारको सूचीमा थिए ।

फरार प्रतिबादी खोजी गर्ने क्रममा झन्डै २४ बर्ष पछि चैत २१ गते राति पौने १० बजेतिर घर्तीलाई प्रहरीले  घरबाटै नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नेपालीले बताए ।

पक्राउ परेका घर्तीलाई आइतबार अदालतमा पेश गरिएको र अदालतको आदेशले तोकिएको ४ बर्षको सजाय भुक्तानी गर्नका लागि आइतबार कारागार कार्यालय रोल्पामा  चलान गरिएको प्रहरी प्रबक्ता नेपालीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *